२०८२ असार ३
                           

गुरू पुर्णिामा (कविता)

शिक्षा दिने गुरु यहाँ अहिले म देख्छु
चेला र गूरु बिचको कविता म लेख्छु ।
माया छ यो मनभरी कसरी बताऊँ
संम्मान के दिउँ यहाँ कसरी हँसाऊँ ।
बोकेर भारिऋणको गुरुलाइ भेट्न
आएँ म दौडि मनको तटलाइ मेट्न ।
कस्तो म आदर गरौँ गरि साध्य छैन
टक्राँउ के समिपमा ऋतु आज छैन ।
स्वार्थी भएछु मन लुब्ध गराइ राखेँ
मैलो भएछु अनि बादलु संग ढाकेँ ।
बिर्षन्न क्यै गरि गुरू न त मस्त हुन्न
धाऊँछु देव गुरुको जति ज्ञान सुन्न ।
माया म पाउँ अझ धेर पुकार गर्छु
आदेश पाउँ गुरुदेव म क्षार तर्छु ।

 -घनश्याम नेपाल
चौतारा साँगाचोकगढी नगरपालिका ४ कुबिण्डे, ढुंगेकुवा

प्रतिक्रिया दिनुहोस्