२०८१ श्रावण १२
                           

माहँगीको मार

भरत पोखरेल ,
संयुक्त राष्ट्र संघ विकास कार्यक्रम  (युएनडीपी )ले हलै जुलाई ६, २०२२ मा एउटा अत्यास लाग्दो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले रुस(युक्रेन युद्ध फेब्रुअरी २४, २०२२ यता तीन महिनामा विकासशील देशका ७।१ करोड मानिसहरू गरिबी रेखामुनि धकेलिएका छन् । विश्वका १५९ विकासशील देश युद्धको असरले बढी प्रभावित भएका छन् । रुस विश्वको दोस्रो ठूलो तेल र ग्यास निर्यातक राष्ट्र हो । रुस र युक्रेनले विश्वमा २५ प्रतिशत गहुँ, १४ प्रतिशत मकै र ५० प्रतिशत सूर्यमुखीको तेल निर्यात गर्छन् । रुस(युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अवरोध आयो परिणाम खाद्यान्न र इन्धनमा अत्यधिक मूल्यवृद्धि भयो । गहुँमा ४० प्रतिशत र मकै, सूर्यमुखीको तेलमा ६० प्रतिशत मूल्यवृद्धि भएको छ ।
संयुक्त राष्ट्र संघ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषका आआफ्नो गरिबी रेखाका मानक छन् । गरिब देशमा प्रतिदिन १।९० अमेरिकी डलर वा सोभन्दा कम आय भएकालाई गरिबी रेखामुनि रहेको मानिन्छ । निम्न मध्यम आय भएका देशमा प्रतिदिन ३।२० अमेरिकी डलर वा सोभन्दा कम आय भएकालाई गरिबी रेखामुनि रहेकोे मानिन्छ र उच्छ मध्यम आय भएका देशमा प्रतिदिन ५।५० अमेरिकी डलर वा सोभन्दा कम आय भएकालाई गरिबी रेखामुनि रहेको मानिन्छ । कोभिड(१९ पछिको १८ महिनामा विश्वका १२।५ करोड मानिसहरू गरिबीको रेखामुनि धकेलिए । रुस(युक्रेन युद्धपछि ७।१ करोड मानिसहरू गरिबीको रेखामुनि आए । हाल विश्वमा ५ अर्ब मानिसहरू गरिबीको रेखामुनि रहेका छन् अर्थात् विश्वको कुल जनसंख्याको ७० प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन् र यो संख्या बढ्दो छ ।
दक्षिण एसियाको सबल राष्ट्र श्रीलंका मुद्रास्फीति र महँगीको मारले उसको अर्थतन्त्रको हाल बेहाल छ । नेपालमा संसदीय पार्टीहरू स्थानीय चुनावपछि प्रदेश र संघीय चुनावको च्याँखे थाप्न तयार भएर बसेका छन् । अर्थमन्त्री दलाल पुँजीपतिहरूको स्वार्थसिद्धीको शंकामा अनियमितताको संक्रमण लागेर बर्खास्त भएका छन् । देशमा मुद्रास्फीति, महँगी, लूट, कमिसन, भ्रष्टाचार बढ्दो छ । व्यापारघाटा, राष्ट्रियॠण, चुलिदो आयात, खस्किदो विदेशी मुद्राको संचिति, नेपाली मुद्राको क्रयशक्तिमा कमि जस्ता आर्थिक संकटको बादल मडारिन थालेको छ । देश कुनबेला दुर्दशामा जाने हो र हामी फगत माग्ने बन्नुपर्ने हो जनतामा म्याक्रो कन्फ्युजन छ । आगे भगवान भरोसे ।

प्रतिक्रिया दिनुहोस्