असार ६, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । गयराति १२ बजेदेखि नै लागुभएको मूल्य अनुसार पट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाइएको छ । डिजेलमा पनि एकैपटक २७ रुपैयाँ बढाइएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर१ सय ९९ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ पुगेको छ ।
मूल्यवृद्धि पछिपनि मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको निगमले दावी गरेको छ ।उपभोक्ता अधिकारकर्मीहरूले इन्धनमा लगातार भइरहेको मूल्य वृद्धिको विरोध गरेका छन् । उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्रले बढाइएको इन्धनको मूल्यका कारण उपभोग्य वस्तुहरूमा समेत भाउ बढ्ने भएकाले नियमनका लागि पेट्रोलियम कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
सरकारले यसअघि कर छुट गरेर पेट्रोल डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्