२०८१ श्रावण १२
                           

मध्यभोटेकोसी चरम लापरबाहि, मक सिद्यै नदिमा हाल्दा पर्यावरण र मानव स्वास्थमा असर

दिपक खत्री ÷जेठ २८ — सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । आयोजनाको चरम लापरवाहीको अहिले स्थानीयले विरोध गर्न थालेका छन् । यो आयोजनाले लामो समय देखि सुरुङ खन्ने क्रममा ब्लास्टिङ गरेर निस्केको मकको डम्पीङ ब्यवस्थित छैन ।
आयोजनाको गतिविधी इआइए प्रतिवेदन अर्थात बातावरण प्रभाव मुल्याङ्कनको विपरीत छ । आयोजनाले सुरुङ भित्र प्रयोग गर्ने विद्युतिय केमिकल , मक सिद्यै नदिमा ल्यायर हाल्ने गरेको पाईन्छ । यसले चलचर नष्ट गर्दैछ भने भोटेकोसी नदि प्रदुषित भएको छ । नदीबाट सिँचाइ गरिएका बालीनालीलाई प्रभाव परेको छ । मानव र पशुपक्षीलाई स्वास्थ्यमा प्रत्यक्ष असर पुराइरहेको छ । ब्लास्टिङको रासायनिक दुर्गन्धले जम्बु, बाह्रबिसे, चाकु, लामोसाँघुलगायतका नदी आसपासका स्थानीयवासीमा विभिन्न जटिल रोग देखिन थालेको छ ।
अनुमती नलिएको ठाउँमा सर्वसाधरणलाई पेलेर मिलेमतोमा मकको डम्पीङ गर्दा आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले सास्ती बेहोरिरहेका छन् । आयोजनाको गैह् कानुनी हर्कतको विरोध गरीरहेको जनप्रतिनिध तथा राजनिधि दल बताउछन् । पटक पटक आयोजनालाई मगलाई जथाभावी नफाल्न पहिलेदेखि आग्रह गर्दै आएका छन् । तर निर्माण कम्पनी र आयोजना पक्षले आग्रह अटेर गर्दै आएका छन् ।
आयोजनाले मक डम्पिङका लागि चाकु, जम्बु, चिप्लिङडाँडा, बोर्डरल्यान्ड क्षेत्रमा मन्त्रिपरिषदबाट स्वीकृत गरी सञ्चालनमा ल्याइएको छ । तर यि डम्पीङ क्षेत्र पनि मापदण्ड अनुसार ब्यवस्थित छैन । सुरुङबाट निस्केको सिमेन्ट र केमिकलको घोल लेदो भएर सिद्यै भोटेकोसी नदिमा वगीरहेको छ । सुरुङबाट निस्केको केमिकलयुत्त पानी समेत शुद्धिकरण नगरी खोलामा हालिँदै आएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, चरीकोट सडक डिभिजन प्रमुख अर्जुन सुवाल, प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवसहित नगरप्रमुख बस्नेत, उपप्रमुख मञ्जु तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङनुर्पु लामा, उपाध्यक्ष दिछेन शेर्पालगायतले प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको थियो । नदी र बस्ती छेउमा जथाभावी फालिएको सामग्री सुरक्षित स्थानमा डम्पिङ गर्न पूर्वमन्त्री बस्नेतले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्