२०८२ असार १७
                           

चीनले सिन्धुपाल्चोकलाई दियो स्वास्थ्य सामग्री


चौतारा- चीन सरकार अन्तर्गत नेपाल चीनको सीमाका नेलम काउन्ट्री सरकारले सिन्धुपाल्चोक जिल्लाका लागि करिब १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेलम सरकारले सिन्धुपाल्चोक जिल्लाका प्रमुख अधिकारी, प्रहरी प्रमुख, जनस्वास्थ्य प्रमुख सिन्धुपाल्चोक र तातोपानी भन्सार कार्यालयका प्रमुखसहितको टोलीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । तातोपानी भन्सार कार्यालयका अनुसार चीन सरकार अन्तर्गत नेलम काउन्ट्रीले सिन्धुपाल्चोक जिल्लाका लागि करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरेको हो ।

हस्तान्तरण गरिएका सामाग्रीमा डिस्पोज माक्स १ लाख ३० थान, एन नाइटिफाइभ मास्क १ हजार ५ सय थान, पिपिइ ११ सय थान, थर्मल गन १०८ थान, परिक्षण किट १ हजार ५ सय थानलगायतका सामाग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्