चनैटे/ जुगल गाउँपालिकाले कोभिड १९ महामारीका कारण बन्द रहेको बिद्यालय शिक्षालाई फरक तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्तरगतका ४२ वटा सबै सामुदायिक बिद्यालयका प्रधानअध्यापकहरुको भेलाले यो निर्णय लिएको हो ।
लकडाउन पछि आज पहिलो पटक जुगल गाउँपालिका अन्तरगतका प्रधानाध्यापहरु बीच निश्चित दुरी कायम राखी सुरक्षा विधि अपनाइ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । चिनिया सरकारको सहयोगमा हालसालै निर्माण सम्पन्न रत्न राज्य माविको ठुलो हलमा कुर्सीहरु को निश्चित ग्यावमा कार्यक्रम संचालन गरिएको थियो ।
कोभिड १९ महामारी अझै लामो समय जान सक्ने बिज्ञहरुले चेतावनी दिइरहेका छन । यो महामारी र यसबाट सिर्जित परिस्थितीका विचमा बिद्यालय शिक्षालाई पुरानै अवस्थामा निरन्तरता दिन असम्भव जस्तै छ । यस्तो अवस्थामा हामी अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापलाई सहजिकरण गर्ने निष्कर्षमा पुगेको छौं । जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले वताए ।
अव वालवालिकाहरुलाई बिद्यालय खोलेर पुरानै अवस्थामा पढाउन नसकिने भएकोले नया पद्धतीमा सोच्न पर्नु भएको छ । अभिभावकहरु समेतको सहभागितामा वालवालिकाका घरमै सिकाइ क्रियाकलापसंग जोड्नु जरुरी छ । यसका लागि गाउँपालिका स्तरीय सिकाइ सहजिकरण समन्वय समिति गठन गरिएको छ । यसले आवश्यक विधि, टूल्स र प्रक्रिया निर्माण गर्नेछ । त्यसै गरि सिकाइ क्रियाकलापको प्रभावकारिताका लागि वडा स्तरीय सिकाइ सहजिकरण समन्वय समिति समेत गठन गरिएको छ ।
भेलाका मुख्य निर्णयहरु :
१. जुगल गाउँपालिकाद्धारा तयार गरिएको स्थानीय पाठ्यक्रम हाम्रो जुगल तथा भ्मगअबतष्यल ऋगिकतभच को सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा तयार गरिएको सामाग्रीहरु प्रयोग गरि हालको शिक्षण सिकाइ क्रियाकलाप संबन्धि ग्यापलाई न्युनिकरण गर्ने
२. अभिभावक, शिक्षक र विद्यार्थी विच समन्वय गरि सिकाइ क्रियाकलाप गर्न पालिका स्तरीय १ र प्रत्येक वडामा १ १ वटा हुने गरि वडा स्तरीय ७ वटा समन्वय समिति गठन ।
३. अध्ययन तथा सिकाइ सामाग्री छपाइको लागि बैठक अवधिमै अर्डर गरिएको र अर्को हप्ता विद्यार्थीको हातमा पुरयाउने ।
४. अभिभावकहरुको सहभागितामा सिकाइ क्रियाकलाप अघि बढाइने शिक्षकले सहजिकरण गर्ने र समितिहरुले समन्वय गर्ने ।
५. नियमित पुस्तक वितरण गरिएको बाँकी रहेको स्थानमा पनि अविलम्व गर्ने ।
यस निर्णयबाट गाउँपालिकाले निम्न उपलब्धीको अपेक्षा गरेको छ ।
१. वालवालिकाहरुको दैनिक क्रियाकलापमा सकारात्मका सुधार ल्याउनेछ ।
२. बालबालिकाहरुमा सकारात्मक सामना व्यवहारको विकास हुनेछ ।
२. बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकहरुको सहभागितामुलक व्यवहारको लागि वातावरण तयार हुने छ ।
३. महामारी बिरुद्धको अभियानमा व्यवहारिक शिक्षाको साथै मनोसामाजिक सुस्वास्थ्य कायम हुने विश्वास लिइएको छ ।
४. बिद्यालय शिक्षालाई पढ्ने र पढाउने मात्र नभइ परिवार, अभिाभावकको सहयोगमा सिक्ने, सिकाउने र जीवनपद्धतीसंग जोड्ने छ ।
गाउँपालिकाले घरमै बस्न सुरक्षित रहन र घर परिवारमै रहेर हाम्रा नियमित कामहरुलाई सुरक्षित तवरले अगाडी बढाउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्