मेलम्ची- पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ । तामाङले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा सोही स्थानका एक जनाको मृत्यु भएको थियो भने एक जना गंभीर विरामी परेका थिए ।
थाङ्पालकोटकी– ३५ बर्षिय मीना तामाङको जडीवुटी सेवनवाट मृत्यु भएको थियो भने उनको श्रीमान अविर तामाङ अचेत अवस्थामा पाईएको र मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि ओम अस्पताल काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए ।
झारफुक गर्ने क्रममा झारफुक गर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधी खाँदा बिरामी परेको स्थानीयको भनाइ छ । सँगै जडिबुटि खाएकी १३ बर्षिय छोरी रिया तामाङ भने सामान्य अवस्थामा रहेको निरिक्षक फल बहादुर तामाङले जानकारी दिए । २१ गते राती जडीवुटी सेवन गरेका तामाङ दम्पती २२ गते अचेत अवस्तामा फेला परेका र उपचारकोलागि लैजाँदै गर्दा मीनाको वाटोमा मृत्यु भएको थियो । प्रहरीले औषधी भन्दै जंगली जडीवुटी दिएका जीदेलाई मंगलवार पक्राउ गरि अनुसन्धान सुरु गरेको र आज अनुसन्धान नसकिएको भन्दै म्याद थप गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्