२०८२ बैशाख १९
                           

सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईएलटि ट्रेनिङ

सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईएलटि ट्रेनिङ

मेलम्ची/  नेपाल ईङ्लीस ल्याङ्गोईज टिचर्स् एसोसिएसन (नेल्टा) सिन्धुपाल्चोकको आयोजनामा आजबाट सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाईन ईङ्लीस ल्याङ्गोईज टिचिङ (ईएलटि) तालिम सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त ट्रेनिङमा कक्षाकोठामा प्रयोग गर्न सकिने विद्युतीय सामाग्रीहरुको बारेमा प्रत्यक्ष अभ्यास गर्ने वातावरण सिर्जना गर्नु मुख्य उदेश्य रहेको छ । यस ट्रेनिङमा कोरोना भाईरस (कोभिड १९) को समयमा शिक्षणको वैकल्पीक शिक्षण पद्धतीहरुको बारेमा पनि जानकारी गराईने तालिम आयोजक समितिका संयोजक लक्ष्यमन श्रेस्ठले बताउनुभयो | नेल्टा सिन्धुपाल्चोकका अध्यक्ष बद्री बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको औपचारिक उदघाटन कार्यक्रम नेल्टाका अध्यक्ष एबम सर्बोच्च अदालतका अधिबक्ता मोतीकला सुब्बा देवानको प्रमुख आतिथ्यता तथा नेल्टाको सल्लाहाकार एबम पुर्बअध्यक्ष हेमन्त राज दाहाल र महासचिव ईश्वरी बहादुर अधिकारीको विशेष आतिथ्यतामा सुरु भएको थियो | आजको अन्लाईन ट्रेनिङको पहिलो खण्डमा काठमाण्डौ विश्वविद्यालयका प्रोफेसर तथा नेल्टाका उपाध्यक्ष प्रो. डा. लक्ष्मण ज्ञावलीले भर्चुअल कक्षामा प्रयोग हुने विभिन्न विधुतीय सामग्रीहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने दोस्रो खण्डमा नेल्टाका रास्ट्रिय तालिम संयोजक सरिता सुब्बा देवानले नेल्टाको ईतिहास, गतिबिधिहरु तथा अवसर र चुनौतीहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो | हेल्प नेपालको प्राबिधिक सहयोगमा दिईएको उक्त अनलाईन तालिम कार्यक्रमको सिन्धुपाल्चोकका रेडियोहरु रेडियो मेलम्ची र रेडियो सिन्धुबाट विहान साँढे ८ बजेदेखि साँढे १० बजेसम्म प्रत्यक्ष प्रसारण गरेको थियो । पाँच दिनसम्म संचालन हुने उक्त कार्यक्रमका सबै सहभागीहरुलाई स-धन्यबाद सहभागिताको प्रमाणपत्र प्रदान गरिने कुरा मिडिया कभरेज समितिका संयोजक तथा नेल्टा मेलम्ची नगरपालिकाका फोकल पर्सन लेखनाथ भट्टराईले बताउनुभयो | कार्यक्रममा १७८ जना शिक्षक तथा शिक्षाकर्मीहरुले सहभागिता जनाएका थिए |

प्रतिक्रिया दिनुहोस्