२०८२ बैशाख १८
                           

कोरोना संत्राससंगै सिन्धुपाल्चोकमा तयारी (एम्बुलेन्सको नम्बर सहित)

कोरोना संत्राससंगै सिन्धुपाल्चोकमा तयारी

मार्च ११ मा विश्वस्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस (COVID 19) लाई विश्वव्यापी महामारी घोषणा गरेको अवस्था र नेपालमा पनि यसको संक्रमण फैलनसक्ने उच्च जोखिम रहेको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले जिल्लामा भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि रणनैतिकरुपमा गतिविधि अगाडी बढाउनुका साथै महामारीको अवस्थामा सर्वसाधारणले गर्नुपर्ने भूमिकाको बारेमा समितिले थप स्पष्टताका लागि प्रेस विज्ञप्ती जारी गरेको छ ।
हालै २०७६ चैत्र ११ देखि सम्पुर्ण नाकाहरु बन्द, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु बन्द गर्नुका साथै देश भरी नै लागु हुने गरी घर बाहिर आउन नपाउने गरी लकडाउन घोषणा गरेको अवस्थालाई मध्यनजर गरी महामारी नियन्त्रणको लागि आवश्यक सामाग्री, जनशक्ति, औषधि उपकरण आदिको पुर्वतयारी, जिल्लामा हुनसक्ने सम्भावित कोभिड १९ को विरामीहरुलाई परिक्षण, उपचार तथा प्रेषणको लागि समन्वयात्मकरुपमा कार्य गर्ने तथा अहिलेको परिस्थितिमा दैनिक आवश्यक सामाग्रीहरुको उपलब्धता, बजार अनुगमन र कालोबजारी नियन्त्रणको लागि विशेष पहल थालिएको छ । कोरोना संत्राससंगै सिन्धुपाल्चोकमा तयारी
जिल्लामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित फेला नपरेतापनि महामारीको संक्रमणसंगै भारत लगायत विदेशबाट फर्किएका जिल्लाका नागरिकहरुलाई क्वारेन्टाईनमा राख्न तथा शंकस्पद बिरामीहरुलाई आइरोलेशनमा उपचारका लागि चौतारा लगायत विभिन्न पालिकाहरुमा पालिकास्तरबाट जिल्ला विपद व्यवस्थापन समिति समेतको सहयोगमा आवश्यक व्यवस्था हुंदै गरेको स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले बताए ।
कोरोना भाईरसका शंकास्पद÷संक्रमित बिरामीहरुलाई आवश्यकता अनुसार ओसारपसार गर्न प्रयोग हुने एम्बुलेन्स गाडीमा तयारी हालतमा राख्न प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले जिल्लाका सबै एम्बुलेन्स सञ्चालन निकायलाई निर्देशन गरेका छन् । जिल्ला भित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई तत्काल आवश्यक पर्दा परिचालन हुन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिले शंकास्पद÷संक्रमित बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउने अवस्थामा चालकलाई संक्रमणबाट सुरक्षित राख्न चालक बस्ने गाडीको अग्रभाग र बिरामी बस्ने भागको वीचमा उपयुक्त बार लगाउने तथा एम्बुलेन्स परिचालनमा थप व्यवस्थित गर्न जि.पी.एस. जडान गरी ट्रयाकिङ्ग सिस्टम आवद्ध हुन जिल्लाका सबै एम्बुलेन्सलाई परिपत्र गरेको र उक्त कार्यका लागि नेपाल रेडक्रसले समन्वय गर्दै क्रमशः कार्यान्वयन गर्दै लाने मन्त्री कक्षपतिले बताएको छ ।कोरोना संत्राससंगै सिन्धुपाल्चोकमा तयारी (एम्बुलेन्सको नम्बर सहित)

प्रतिक्रिया दिनुहोस्