कोरोना भाइरसले विश्वब्यापी महाँमारीको रुप लिईरहेकोले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा अन्तरष्ट्रिय मापदण्डको ‘हेल्प डेक्स’ सँञ्चालनमा ल्याईने भएको छ । आज (शनिवार) वसेको जनप्रतिनीधिहरुको वैठकले डब्लु एच ओ को मापदण्ड अनुरुप हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधी तथा अत्यावश्यक सामाग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ । गाँउ पालिकामा कोही कसैलाई कोरोना भाईरस सँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण वढेमा धुलिखेल अस्पताल पठाईने ब्यवस्था मिलाउने पनि पालिकाले निर्णय गरेको छ । कोरोना भाईरस जाँच गर्ने तथा अन्य स्वास्थ्य सामाग्री सहितका सामाग्री तातोपानी भन्सार वाट आँउदै गरेकोले गाँउ कार्यपालिकाको वैठक बसी थप सरक्षा सावधानी वारे छलफल गर्ने गर्ने भएको छ । ‘गाँउ कार्यपालिका र ब्ययसायीहरु सँग छलफल गरी थप सुरक्षा सावधानीको ब्ववस्था मिलाउँदै छौ,’ गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘डब्लु एच ओ को मापदण्ड अनुसार हेल्प डेक्स सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उनले वताए ।
प्रतिक्रिया दिनुहोस्