२०८२ असार १७
                           

केराेनाका राम्रा पक्ष

नरेन्द्र जग्ङ पिटर

आज सुक्रवार, मुसलमानहरूमा जुमेका नमाज अदा गर्ने दिन । तर,कट्टर इस्लामिक देश सउदीको मक्का मदिना मात्रै हैन् इरानका मस्जिदहरूमा पनि प्रार्थनामा नजान अनुरोध गरियाे! दक्षिण काेरियामा सिन्चियोन्जी चर्चका प्रमुख ली मान हिले त घुँडा टेकेर माफी मागिसके ।हिन्दु, जैन, वाैद्द र यहुदीहरूले त्यस्तै घाेषणाका खवर आइसकेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसवर्ष होली नखेल्ने घत्रषणा गरी सके। अब आसंकित वा संक्रमित विरामीहरू भगवान भरोसे वा पशुपतिनाथले रक्षा गर्लान भनेर कसैले पनि टेकु जानुकाे सट्टा पशुपति जाँनेछैन्। परिवार,टाेलछिमेक र प्रशासन पनि सचेत छ,हुन्छ ।

खानपान, रहनसहन, तडकभडक प्रति मान्छे सचेत हुँनथाल्याे ।माहामारीले राजनीतिक सीमा, जाति, धर्म,संस्कार र संस्कृतिमा भेद गर्दो रहेनछ भनेर वर्चश्वशालीले अल्पत प्रति गर्ने घृणा र आवेगी उत्तेजनाकाे वदला मनवतावादकाे आवस्यकता वोध गरायाे । औषधी, मास्क, टवाइलेट पेपर, स्ट्रलाइजर जस्ता सामान पनि कब्जा गर्ने कालाेबजारी धनपिपासुलाइ पनि मर्नुपर्छ भन्ने जानकारी गरायाे । शक्ति र धनले मात्रै सुरक्षित हुँदैन, मर्ने असहाय र गरिवमात्रै हुँन भन्ने कुरा झुटाे सावित गर्याे । शक्तिराष्ट्रहरू पहिला तमासा हेरेका थिए अहिले भने उनकै आँगनमा पुगिसक्याे। पश्चिमाभूमिलाइ स्वर्ग र सुरक्षित साेच्नेहरूलाइ आफ्ना साेच फेर्न विवस गराउदै गयाे । स्वास्थ र शिक्षा बेलगाम तरिकाले बजारलाइ छाेडदा आउने माहासंकट कस्ताे हुँदाेरहेछ ? भनेर पुनरविचार गर्नुपरेकाले मानव समाजलाइ वास्तविक लाेक कल्याणकारी राज्य(समाजवादी) अपरिहार्य छ भन्ने प्रमाणित फेरी गर्याे ।…………………………………..

डेटामा केराेनाः चीन मृत्यू संख्या ३२०० पार गर्याे । इरानमा ९२,द.कोरियामा ३२ ,अमेरिकामा मृत्यु १२ र संक्रमित२२६, इटलीमा मृत्यू १४८ । अस्ट्रेलियाः मृत्यु २ संक्रमण ५६। अहिलेसम्म ७०देशमा फैलिएको । विश्व स्वास्थ्य संगठनले इमर्जेंसी घोषणा । सङ्कास्पद केस भारतमा३०,संसारभरी ९४,००० । चीनपछि इसायत हेडक्वाटर भ्याटिगन सिटी रहेकाे इटली सवभन्दा अक्रान्त । (स्रोतःविभिन्न एजेन्सी)

                                                                                                                                                               (नरेन्द्र जग्ङ पिटरको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्