चौतारा – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरे संगै जिल्ला पनि माहोल तादै गएको छ । निर्वाचन मिती तय भए लगतै जिल्लाका बिभिन बिद्यार्थी सांगठनहरुले आफ्नो कृयाकलाप बढाउदै लगेको हो ।चुनावको माहोल बनाउदै बिद्यार्थी सांगठन

यसै क्रममा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) चौतारा बहुमुखी क्याम्पस कमिटिले आज भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख आतिथ्य तथा नेकपा जिल्ला कमिटी सदस्य एवं विद्यार्थी विभागको ईन्चार्ज सीता थापाले “विद्यार्थी आन्दोलनबाट प्राप्ति महत्त्वपूर्ण उपलब्धिहरु संस्थागत गरि कार्यान्वयन गर्नका लागि अबको विद्यार्थी आन्दोलन र संगठनको भुमिका र पहलकदमि रहने छ। देशैभर अनेरास्वियू एकताको भाव झल्किरहेको छ आम विद्यार्थी अनेरास्ववियूको पक्षमा निर्धक्क उभियर कलम अंकित ताराको झण्डा फहराउन आतुर छन्” बताईन ।चुनावको माहोल बनाउदै बिद्यार्थी सांगठन

उक्त कार्यक्रममा अनेरास्ववियूका जिल्ला सयोजक, सह-सयोजक तथा जिल्ला नेताहरुको उपस्थिती थियो भने कार्यक्रमको अध्यक्षता भने अनेरास्ववियू चौतारा बहुमुखी क्याम्पस कमिटिका नेता सन्जिब तामाङले गरेका थिए ।चुनावको माहोल बनाउदै बिद्यार्थी सांगठन