नगरपालिकको कार्यालयले बजारक्षेत्रमा रहेका अस्थायी टहराहरु हटाउन सुरु गरेपछि चुलीएको विवाद सहमती उन्मुख पुगेको छ । मंगलबार बाह्रविसे नगरपालिकामा बसेको त्रिपक्षीय बैठकका ९ बुँदे सहमती गर्दै बजार विस्तारको सहमती नजिक पुगेका हुन् ।
नगरपालिकाले टहरा भत्काउन सुरु गरेपछि उत्पन्न विवाद कम गर्न जिल्ला प्रशाषन कार्यलयले गत माघ ३ गते निशेधाज्ञा नै जारी गर्नु परेको थियो । सोही दिन एक कार्यदल गठन गरी हिजो प्रतिवेदन प्राप्त भएपछि आज बैठक बसि सहमती जुटेको हो ।
नगरपालिकाको मेयर निमफुञ्जो शेर्पा, प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङ तथा स्थानीय सरोकार समितीका हरिशरण श्रेष्ठ सहितको बैठकबाट सडक किनारबाट ४ फिटसम्मका अस्थायी टहरा हटाउने सहमती जुटेको हो । साथै सडक किनारबाट ४ फिटभित्र परेका पक्की घरका पाली, भ¥याङ तथा छत समेत हटाउने सहमती भएको छ ।
पसल व्यवसायीहरुले सडक किनार तथा छतमा राखिएका सामाग्री समेत हटाउने सहमती भएको छ । सहमती अनुसार यी कामहरु २० भित्रै गरिसक्नुपर्ने छ भने सो समयमा समेत नहटाएमा सुरक्षा निकायको रोहबारमा नगरपालिकाले नै हटाउने छ ।
प्रतिक्रिया दिनुहोस्