२०८२ बैशाख १९
                           

रेडक्रस तातोपानी उपशाखामा पुन – श्रेष्ठ

रेडक्रस तातोपानी उपशाखामा पुन - श्रेष्ठ

नेपाल रेडक्रस सोसाइटी तातोपानी उपशाखाको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट सभापति पदमा बिष्णु श्रेष्ठलाई सर्बसम्मत चयन भएका छन् ।
तातोपानी उपशाखा कार्यालयमा सम्पन्न उपशाखा अधिवेशनले सभापति सहित ११ जनाको कार्यसमिति चयन गरेको हो । आगामी २ वर्षका कार्यकालका लागि उपसभापति तारा शाक्य, सचिब साङ्गे छेवाङ् तामाङ, कोषाध्यक्ष तारा देबि श्रेष्ठ, सह सचिब मान बहादुर तामाङ, उप कोषाध्यक्ष राजकुमार सुनुवार र सदस्यहरुमा क्रमशः अमृतकुमार खड्का, पहल बहादुर घतानी, बलबहादुर तामाङ,वाङदि लामा र देबि बहादुर बुढाथोकि सर्ब सम्मत चयन भएको निर्वाचन अधिकारी तथा जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताएको छ ।
उपशाखाको आठौं साधारण सभाको अधिवेशनको उद्घाटन नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यसमितिका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रममा रेडक्रस ३ नं प्रदेश समितिका अध्यक्ष, जिल्ला शाखा सभापती राजेन्द्रमान ताल्चाभडेल, प्रदेश कार्यसमितिका महासचिब रामजि पौडेल, लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको उक्त साधारण सभाले उपशाखाद्धारा सम्पादन गतिविधि तथा कार्यक्रम पारित गरेका थिए । निर्वाचन प्रक्रियाको लागि मतदान अधिकृतका रुपमा सिन्धुपाल्चोक जिल्ला शाखाका कार्यालय प्रमुख राजकुमार लम्सालले भुमिका निर्बाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्