२०८२ बैशाख १८
                           

‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ आजबाट सुरु

१८ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ आजबाट सुरु भएको छ । ३ नम्बर प्रदेश सरकारको सहयोगमा नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सीज (नारा) को आयोजनामा सुनकोसी नदिमा हिमालयन ह्वाईट वाटर च्यालेन्ज (प्रतियोगीता) सुरु भएको हो ।
मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसे स्थित सुनकोसी नदी किनारमा एक कार्यक्रम माझ प्रतियोगिताको सुरुवात गरिएको हो। बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्री, नाराका उपाध्यक्ष मेघ आले र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद बस्यालले प्रतियोगी खेलाडीहरुलाई ब्याट प्रदान गर्दै खेलको सुरुवात गर्नुभएको थियो। ह्वाईट वाटर सिन्धुपाल्चोकको पहिचान बनेको भन्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले नदीको संरक्षण गर्दै जनजीवनसँग जोड्नुपर्ने बताउनुभयो । सुनकोसी नदीमा अन्तराष्ट्रिय स्तरको साहसिक खेल आयोजना गरेर नाराले सिनधुपाल्चोकका लागी गुन लगाएको अध्यक्ष क्षत्रीले बताउनुभयो ।
बिहिबारसम्म चल्ने ह्वाईट वाटर च्यालेन्जमा विभिन्न देशका ६६ प्रतियोगीले भाग लिएका छन् । उनीहरुबीच विधागत रुपमा कायाक तर्फ स्लालोलम, बोटर क्रस र डाउन रिभर रेसमा प्रतिष्पर्धा हुने छ । सँगसँगै समुहगत र्याफटीङ रेस पनि हुने नाराका उपाध्यक्ष मेघ आलेले बताउनुभयो ।
कायाक तर्फ प्रथम हुनेलाई ५० हजार, दितीयलाई २५ हजार र तृतीयलाई १५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्याफ्टीङ रेस तर्फ प्रथम हुने समुहलाई १ लाख पुरस्कार दिईने नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
भ्रमण बर्ष नजिकिँदै गर्दा पर्यटक भित्र्याउनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको सहकोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।‘साहसिक जलयात्राको प्रतिष्पर्धा गराएर पर्यटन प्रवद्र्धनमा हामीले जोड दिएका हौं’, श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्