नेपाल भ्रमण वर्ष २०२०, लाई भव्य रुपमा सफल बनाउन, चौतारा साँगाचाकेगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रुपमा विकास गर्न यहि फाल्गुन १ देखी ७ गते सम्म “सुकुटे सिन्धु” महोत्सव हुने भएको छ । चौतारा साँगाचाकेगढी नगरपालिका र पर्यटन व्यवसायीहरुको हिजोको प्रारम्भिक संयुक्त बैठकले सो निर्णय गरेको हो । नगरपालिका र पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । बैठकले महोत्सबको कार्यक्रको प्रकृति, स्थान लगाएत अन्य विभिन्न विषयमा अध्ययन गर्दै कार्यक्रमको संभावना विस्तित अध्ययन गर्न नगर प्रमुख अमान सि. तामाङको संयोजगत्वमा एक कार्य समिति समेत गठन गारेको छ ।
प्रतिक्रिया दिनुहोस्