२०८१ श्रावण १२
                           

जिल्लाकै ठुलो राशीको भलिबल प्रतियोगिता उद्घाटन

चौतारा-  सिन्धुपाल्चोक जिल्लाकै ठुलो पुरस्कार राशी मानीएको कालीकादेवी संस्थापक भलिबल प्रतियोगिता उद्घाटन गरीएको छ । सोमबार सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य अग्नीप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् ।

कालिकादेवी माध्यामीक विद्यालय, चौतारा साँगाचोकगढी नगरपालिका –४ ले सिन्धुपाल्चोक जिल्लाका नगरपालिका तथा गाँउपालिका स्तरीय प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगितामा प्रथम हुनेले एक लाख एघार हजार १११, दोस्रो हुनेले पचपन्न हजार ५५५ र तेस्रो हुनेले बाइस हजार २२२ रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । असोज १२ गते उद्घाटन भएको उक्त प्रतियागिता १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै साँसद सापकोटाले खेलकुदले सबैलाई अनुशासनको सुत्रमा बाँध्ने भएकोले खेलकुद सबैको लागि अपरिहार्य रहेको बताए । ‘खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्नो योग्यता र कार्यक्षमता प्रस्तुत गर्ने अवसर पनि हो ।’ स्वर्गीय संस्थापकहरु जबरसीं तामाङ, काले तामाङ र जगुसीं तामाङको स्मृतीमा प्रतियोगिता आयोजना गरीनु अत्यन्तै सह्रानिय काम भएको भन्दै उनीहरु कसैलाई पनि कसैले पनि भुल्न नहुने सापकोटाले बताए ।

प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पाँचपोखरी थाङपाल गाँउपालिकालाई २०–२५ र १८–२५ को सेटमा हराउदै चौतारा साँगाचोकगढी नगरपालिकाले जित निकालेको छ । सो खेलमा चौतारामा रमेश श्रेष्ठ उत्कृष्ठ खेलाडी बने । त्यस्तै दोस्रो खेलमा सुनकोशी गाँउपालिकालाई ११–२५ र ११–२५ को सोझो सेटमा इन्द्रावती गाँउपालिकाले पराजीत गर्यो। सो खेलका उत्कृष्ठ खेलाडी पनि इन्द्रावती कै विक्रम तामाङ ठहरीय ।

तेस्रो खेलमा भने मेलम्ची नगरपालिकाले बलेफी गाँउपालिकालाई २५–९ र २५–१० को सेटमा पराजीत ग¥यो । चौथो खेलमा जुगल गाँउपालिकालाई हेलम्बु गाँउपालिकाले १५–२५ र १६–२५ को सेटमा हरायो । तेस्रो खेलको उत्कृष्ठ खेलाडी मेलम्चीका कृष्ण तामाङ र चौथो खेलमा हेलम्बुका मनोज तामाङ घोषीत भए । उत्कृष्ठ खेलाडीलाई ट्रफीद्धारा सम्मानीत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्