२०८१ श्रावण १२
                           

त्यो कोेमल स्पर्शमाथिको चोटिलो मुस्कान

कुरा केहि सात अघिको होे । यात्रा थियो संघिय राजधानी काठमाडौँबाट सिन्धुपाल्चोक चौतारासम्मको । बिहानै सबेरै करिब ८ बजेतिर होला उठेर रत्नपार्कतिर लागे । बिहान सबेरै उठेको मान्छे चिया नखाई मोटर समात्ने कुरा पनि भएन । चिया खानकैको लागि हानिए बागबजार । बिहानीको चियामा गफिदा करिब साढे नौ भन्दा धेरै बजिसकेछ ।

अनि लागे रत्नपार्कको टिकट काउण्टरमा । काउण्टरको मुखैमा पुगेपछि गाढीको सहचालक चौतारा चौतारा गर्दै बसिरहेका रहेछन् ।

उनीले कता जानेको चौतारा हो ? भनेर सोध्य ।

मैले हो । सिट खाली छ ? कतिबजे छुट्ने हो भनेर प्रश्नमाथि प्रश्न गरे ।

सार्वजनिक सवारीका सहचालकको सिट खाली कस्तो अवस्थामा सम्म हुन्छ । त्यो मैले बताइराख्नु परेन आफै परिचित हुनुहुन्छ । सहचालक दाजुले सित्तैमा लैजाउझै गरेर काउण्टरमा पुर्याए । र, भने एउटा चौतारा ।

कउण्टरमा टिकट काउण्टरको दिदिले भनिन् । बी को ७ नम्बरको छ कि लाष्टको लामो काट्दिउ । सायद अहिलेसम्म प्राःय बसको लास्ट सिट भन्दा अरु टिकट काट्दा परेको छैन । दुभाग्य : भाग्य नै त्यस्तो होकी केहो त्यो मैले बुझ्न सकेको छैन ।

मैले, लामो भन्दापनि त्यहि बाँकी एउटा भएको दिनुन भने । उहाँले दिनुभयो ।

१० बज्न केहि मिनेटमात्रै बाँकी थियो । टिकट १० बजेकै भएको हुनाले म बसभित्र पसे । मैले टिकट काटेको सिटसँगै एउटा दाजु बसिसकेका रहेछन् झ्यालपट््िट । मैले गएर दाजुलाई प्रस्ताव गरे झ्यालमा बस्ने ।

तर, उनले अस्वीकार गरे । म पनि कम्तिको कहाँ थिए र ? मलाई बस चढ्नासाथ गाह्रो हुन्छ । चौतारासम्म जानुपर्ने दाई भने । उनी पनि चोरको बाँउ चन्डालनै रहेछन् कहाँ पत्ताउथे र मेरा बनावटी कुरा ।

त्यतिकैमा बस छुट्ने समयपनि भएछ । चालक आएर बस स्टास्ट गरे । सहचालक भने कराउँदै थिए बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट….।

लोकल बसको लामो यात्रा । त्यसमा पनि अपरिचित दाजुसँग । बस गुडेको करिब आधि घण्टाभन्दा धेरै समयपछि रत्नपार्कको बस कोटेश्वर पुग्यो । सम्झदा पनि वाक्क लाग्ने जाम र बसले यात्रु कुरेर बसेको ।

कोटेश्वर पुगेपछि करिब पन्ध्र बिस मिनेट बस रोक्यो । व्यापारीहरु पानी, चिजबल, लेज, कुरमुरेलगायत अन्य सामाग्री तथा फलफुल भन्दै कराइरहेका थिए । लामो समयको प्रतिक्षापछि बस सिट फुल भएपछि त्यत्तिकैमा गुड्यो ।

लोकल बसका अपरिचित दाजुसँग मेरो के नै कुरा गनु थियो र ? बस गुढेको केहि मिनेटमा नै म भुसुक्कै निदाएछु । त्यत्तिकैमा सँगैको दाजुले त्यो बहिनीलाई पनि अलिकति बस्ने ठाउँ दिुनन भनेर बोलाए ।

म झसंग भएर बिउझिए । निद्राको सुरमा राम्रोसँग हेरेको पनि थिइन । अलि वर सरे । म वर सर्न पाउँदा नपाउँदै उनी आएर बसिन् । उनको त्यो बसाइपछि मेरो निद्रा खुल्यो । त्यसपछि सुरु भयो यात्रा । जब लोकल बसको सिटमा तीनजना भयौँ ।

सिटको झ्लपट्टि ती दाजु अर्कोपट्टी भर्खरै सिटमा बसेकि उनी । अँ, त्यसको बिचमा । सुर्यविनायकबाट सुरु भएको यात्रा हाम्रो धुलिखुल पुग्दा समेत बोलचाल समेत भएन । झ्यालपट्टीका दाजु भुसुक्क निदाएका थिए । म आफ्नै तालमा थिए । अनि उनी पनि आफ्नै सुरुमा ।

लामै समय कहिले उनले मलाई कहिले मैले उनलाई लुकिलुकि हेर्ने प्रक्रिया चल्यो । तर, न मैले उनलाई बोलाउने आट गरे । न उनले नै ।

बनेपामा पुगेपछि बस रोकियो । मान्छे खचाखच भए । सहचालक दाुजुले भन्दै थिए बाहिरबाट अलि पछाडि सरौँ है भन्दै बाहिर सिट खाली पाँचखाल दोललघाट चौतारा चौतारा …..

लोकल बस न हो । फेरि धुलिखेलमा गएर रोकियो । खै, के कारणले हो त्यस दिन बनेपा र धुलिखेलमा उता जाने मान्छेको लर्को नै थियो । बनेपामै भरिएको बस धुलिखेल पुगेपछि पनि उतिकै मान्छे कोच्यो । सहचालकले पछाडि जानुहोस् पछाडि भनेर चिच्चाइरहेका थिए । मेरै सिट अगाडि अभिएका एक दाजुले पछाडि सर्न मानेन्न । त्यत्तिकैमा सहचालक दाजु ज्यान त ठुलै भएपछि झ्यालबाट पसेर ती दाजुलाई खाउला झै गरेर छोप्न आइपुगे । सहचालक आएपछि स्टेशन धुमाउँने हात सुर्कीदै त्यहि आइपुग्य चालक पनि ।

धेरै कोचाकोच गरि बसिरहेका मान्छेहरु झगडा पर्न खोजेपछि छेउकै बहिनी धकेल्लिन पुगिछिन् । उनले आइया भदै मलाई समात्त आईपुगिन् । उनको त्यो कोमल हातले स्पर्श गरिन् । बहानाले हो या चाहानाले हो धेरै समयसम्म मलाई समातेको हात छोडिनन् । हात छोडेपछि मुसुक्क मस्काइन् ।

धेरै यात्रुका कराएपछि सहचालक, चालक र ती दाुजु साम्य भए । र, चल्यो बस । त्यसपछि सुरु भयो हाम्रो यात्रा ।

सुर्यविनायकबाट सुरु भएको हाम्रो यात्रा धुलिखेलसम्म हामी मौन भएका थियौँ । त्यहाँ भएको झगडाले हाम्रो बोली फुटाइदियो । र, सुरु भयो हाम्रो गफिलो यात्रा…।

गफिदै जाँदा उनको घर, पढाई र व्याइफ्रेन्डसम्म सोध्य भ्याएछु । त्यसपछिको गफमा तपाईहरु आफैँ ज्ञाता हुनुहुन्छ मैले धेरै कुरा बताइरन पर्ला जस्तो लाग्दैन ।

पनि के कम थिए र भैदिए पानीमाथिको ओभानो । अनि अहिले व्याजलर प्रथम बर्षमा अध्ययन गर्दै रहिछिन् । मैलेपनि सरसरति आफ्नो बायोग्राफि उनलाई बताए जसरी उनले मलाई बताएको थिइन् ।

धुलिखेलबाट सुरु भएको हाम्रो यात्रा जिरोकिलो आसपासमा पुग्दासम्म नम्बर आदान प्रदानको भैसकेको थियो । उनले फेशबुकमा यो नाम सर्च गर्दा भेटिन्छ भनेर दिइन् । फेशबुकमा चाहि मैले खुलेर दिन रुचाहिन । मैले भनिसके पहिल्यै म पानिमाथिको ओभानो भए भनेर । मेरो बारेमा त तपाईहरु सबै ज्ञाता नै हुनुहुन्छ ।

उनकोे यात्रा दोेलालघाटसम्म मात्र रहेछ । उनीले जिरोकिलो कटेपछि मलाई पनि दोलालघाटमै झर्न आग्रह गरिन् । उनी त्यहाँ झर्ने भनेपछि मेरो मन भाँचिसकेको थियो । तर, पहिल्यै भेटमा उनको अनुरोध अस्वीकार गरे ।

उनले भन्दै थिइन्, एकछिन मात्रै भएपनि झन्नुन, अनि सँगै छुटौला । तर, म कता के कामले हतारिएको थिए । म भ्याउदिन पछि बसौला भनेर निस्किए । छोटा तर, सम्झनलायक बनको त्यो यात्रा । त्यहाँबाट छुटेपछि उनले केहि समयमै कता पुग्नुभयो भनेर फोन गरिन् ।

मैले अहिले बसमै छु । झरेपछि कुरा गरौँला भनेर फोन राखिदिए । त्यसपछि न मैले पुगे भनेर फोन गरे न उनले फर्काइन् ।

प्रतिक्रिया दिनुहोस्