२०८१ श्रावण १२
                           

रिडी महायज्ञको मण्डप नै बाढीले बगायो

बुटवल । गुल्मीको रिडीमा गर्न लागिएको धार्मिक महयज्ञको पितृमोक्ष गर्ने मण्डप नै कालिगण्डकी नदीले बगाएको छ ।

गत रातिदेखि अविरल वर्षा भई कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति भएको रुरु नेटवर्कका सञ्चालक सुन्दर कसाजुले जानकारी दिए । कसाजुले अहिले बिहानैदेखि रिडीवासी बाढीबाट सामाग्री बचाउका लागि जुटिरहेको बताए ।

गत भदौ २८ गते परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेको महायज्ञ २१ दिनसम्म चल्ने र २१ सय रुपैयाँमा विवाह, व्रतबन्ध र पितृमोक्ष गराइने उद्घोष गरिएको थियो । उक्त महायज्ञको बालयोगेश्वर महराज भनिने विजय भण्डारी प्रमुख बाचक रहँदै सञ्चालन गरिरहेका छन् ।

वैदेशिक रोजगार ठगी मुद्दामा एक वर्ष जेल सजाय पाएका भण्डारी गुल्मीको पालुखा माध्यामिक विद्यालयबाट महायज्ञ सञ्चालन गर्न जुटेका थिए । उनलाई बैदेशिक रोजगार न्यायधिकरण ईजलासले १ वर्ष ५ महिना २६ दिन जेल सजाय भुक्तानीका लागि गुल्मी जिल्ला अदालतमा पत्र पठाएको छ ।

यता, नेपाल पञ्चाङ्घ निर्णय समितिले पनि उक्त महायज्ञ आयोजनाप्रति विरोध जनाएका छन् ।

रातोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्