२०८२ असार ३
                           

सभापति देउवा भन्छन्, ‘ओली सरकारले भ्रष्टाचार बढायो’

काठमाडौँ, ६ असोज । नेकपाको केपी शर्मा ओली सरकारले विना प्रतिस्पर्धा बूढीगण्डकी आयोजना चाइना गेजुवालाई दिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेकपाको सरकार आएदेखि देशमा भ्रष्टाचार मौलाएको उनले बताए ।

भातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान सभापति नैनसिंह महरले लेखेको ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तक सोमबार काठमाडौंमा विमोचन गर्दै सभापति देउवाले अहिलेको सरकारले भ्रष्टाचार गर्नका लागि विना प्रतिस्पर्धा ठेक्का दिने गरेको आरोपा समेत लगाए ।

दुई तिहाइको सरकार आएदेखि भष्ट्राचार र ठूलो रकममा समेत चलखेल बढेको भनाई राखे । सरकार बनेदेखि विना प्रतिस्पर्धा नै आयोजनाका ठेक्का दिएको आरोव लगाए । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले ठूला आयोजना विना प्रतिस्पर्धा ठेक्का दिएर भ्रष्टाचार बढाएको उनको दावी छ ।

सरकारले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनले बताए । सरकारले जनताका प्रजातान्त्रिक अधिकार र मानव अधिकारमाथि पनि हस्तक्षेप गरेको देउवाको आरोप छ । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा सरकारले हस्तक्षेप बढाएमा कांग्रेस चुप लाग्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्