काठमाडौँ, ४ असोज । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यासको मुल्य घटाएको हो ।
भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरि ग्यासको मुल्य घटाएको उनले बताए । हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, निगमले हवाई इन्धन अन्तराष्ट्रिय उडान तर्फको बिक्री मूल्यमा पनि समान्य घटाएको छ । भ्रमण बर्षलाई टेवा पु¥याउन हवाई इन्धनतर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाए छ । प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्