२०८२ असार १७
                           

चौतारामा स्लो बाइक रेस प्रतिस्पर्धा

असोज १५, सिन्धुपाल्चोकको चौतारामा स्लो बाइक रेस प्रतिस्पर्धा सम्पन्न भएको छ । भुलभुले युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ४० जना सहभागि थिए ।२५ मिटरको दुरी ५२ सेकेण्डमा पुरा गर्दै चौताराका बिकास श्रेष्ठ पहिलो बन्नुभएको छ । यस्तै ४२ सेकेण्डमा दुरी पुरा गर्दै नवराज विक दोश्रो र ३९ सेकेण्डमा दुरी पार गर्दै दिवस तामाङ तेस्रो बन्नुभएको छ । प्रतियोगितामा प्रथमले ५ हजार, दोश्रोले ३ हजार र तेस्रोले २ हजार प्राप्त गरेको आयोजक क्लबका कोषाध्यक्ष प्रल्हाद विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्