२०८२ असार ५
                           

राजेन्द्र राना मगर नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकको अध्यक्ष चयन

भदौ १८ — नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।   चौतारामा सम्पन्न जिल्ला अधिवेशन बाट राजेन्द्र राना मगर अध्यक्षमा चयन भएका छन् ।
आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अन्जु राना मगर ,सचिवमा सस्मिता रखाल मगरसह–सचिवमा सन्तोष राना मगर , कोषाध्यक्षमा बन्दना थापा मगर चयन भएका छन् ।
सातौ जिल्ला अधिवेशन उद्घाटनपछि बोल्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुभयो । ‘अब हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ मगरले भन्नुभयो–‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ ।’


नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको सातौ अधिवेशन सृजना थापाको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति सदस्य संगिता राना मगर, नेपाल मगर संघ जिल्ला समिति सिन्धुपाल्चोकका सह कोषाध्यक्ष मोहन थापा मगरको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्