२०८३ असार १४

धन बहादुर स्मृति कप कराते प्रतियोगिता-ठुलोसिरुवारीले १० स्वर्ण र २ कास्य पदक जित्यो

सिन्धुपाल्चोक–  ठुलोसिरुवारीबाट प्रतिनिधित्व गर्ने कराते टोलीले हालै सम्पन्न दुई प्रतिष्ठित कराते प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै कुल १४ पदक जितेको छ। टोलीले एक प्रतियोगितामा उपविजेता बनेर नगद १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरेको छ।

जेष्ठ ९ र १० गते भक्तपुरमा आयोजित प्रदेश स्तरीय कराते प्रतियोगितामा टोलीले २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै आफ्नो प्रभावशाली उपस्थितिको सुरुआत गरेको थियो।

लगत्तै जेष्ठ ११ र १२ गते ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमी हलमा आयोजित १०औं धन बहादुर स्मृति कप कराते प्रतियोगितामा ठुलोसिरुवारी टोलीले झन उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण र २ कास्य पदक जित्यो। टोलीले उपविजेता बन्ने सफलता हासिल गर्दै रु १० हजार नगद पुरस्कार समेत प्राप्त गरेको हो।

यस सफलताको श्रेय खेलाडीहरूको अनुशासित मेहनत, प्रशिक्षकहरूको निर्देशन र स्थानीय वडाको सहयोगलाई दिइएको छ । वडाको लगानी, प्रशिक्षक र खेलाडीहरूको मिहिनेतले नै यस्तो नतिजा सम्भव भएको जिल्ला कराते महासंघका अध्यक्ष एवं ठूलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले बताउनुभयो ।

पदक विजेता खेलाडीहरूः
स्वर्ण पदक विजेताः
१) अन्जन पुरी
२) रोशन गहतराज
३) आयुस पण्डित
४) अनुप चौलागाईं
५) आशिका तामाङ
६) दिया तामाङ
७) सञ्चिता चौलागाईं
८) अनुका श्रेष्ठ
९) अनुश्का पुरी
१०) सन्जिता श्रेष्ठ

कास्य पदक विजेताः
११) आशिष तामाङ
१२) मनिता श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्