मंसिर १७, सिन्धुपाल्चोक । नेपाल तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको प्रथम अधिवेसन सम्पन्न भएको छ । सो अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेका छन् । सोमबार चौतारामा भएको तामाङ पत्रकारहरुको भेलाले कार्य समिति गठन गरिएको हो ।
नेपाल तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा प्रितम गोले तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी उपाध्यक्ष अश्मी स्याङतान तामाङ, सचिव फुलमान मोक्तान तामाङ, सह –सचिव विपना गोले तामाङ, आइसिं तामाङ, कोषाध्यक्ष सुरेन तामाङ, सदस्यहरु प्रेम लामा, सागर तामाङ र शर्मिला तामाङ सर्वसहमतिले चयन भएका हुन ।
अध्यक्ष पदमा निर्वाचित भएपछि प्रितमले तामाङ पत्रकार उत्पादन गर्ने, तामाङ समुदायका सवालहरु उठान गर्ने र संगठनलाई सशक्त बनाउन योजना सहित काम गर्ने बताए । सिन्धुपाल्चोकमा नेपाल तामाङ पत्रकार संघ शाखा २०७८ साल देखि गठन भइ सञ्चालनमा रहेको छ । यस संघमा विभिन्न मिडिया हाउसमा काम गर्दै आइरेका जिल्लाका तामाङ पत्रकारहरु आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्