२०८२ भाद्र १२

लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम

सिन्धुपाल्चोक ,२८ पुस

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न वडाहरुमा कार्यक्रम आयोजना गरिएको छ ।

शनिवार वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नगर उपप्रमुख सीता थापाको प्रमुख आतिथ्य , वडा नम्बर –५ वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा, नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षतामा र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणम कार्यक्रम सम्पन्न भएको हो ।

लैङ्गिक हिसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताउनुभयो । लैङ्गिक हिंसा भनेको महिला हिंसा मात्र हैन पुरुषहरुको लुकेका र नदेखिएका व्यवहार र कथाहरु पनि हुन सक्छन ।

संघीय प्रणालीको व्यवस्थापन पछि महिला र पुरुषले प्राप्त गर्ने सह अस्तित्व र स्वामित्व कार्यन्वयनको लागि पनि यस्ता खालका अभियानको आवश्यकता छ । यसको लागि सवै खाले अपहेलना, गाली बेइज्जती वा दुर्ब्यबहारको न्यूनीकरण गर्न सक्नु पर्छ ।

सामाजिक, आर्थिक, राजनीतिक र पारिवारिक रुपमा देखिएका विभेदलाई घटाएर हार्दिकता, भाईचारा र अपनत्वको भाव बिकास गर्नु यस्ता कार्यक्रमले सघाउ पुग्ने उप प्रमुख थापाको बिश्वास छ ।

बुझाईमा एक रुपता विकास गर्दै लैजानु अनिवार्य भैसकेको वडा अध्यक्ष शिव श्रेष्ठले बताउनु भयो ।उहा यो महत्वपुर्ण अभियानमा धेरै पुरुष दाजुभाईलाई सहभागी गराउदै उदेश्य हासिल गराउन लागि पर्ने सन्जालका सचिव तारादेवी रानाको भनाई छ।  यस अघि वडा न १, २, ३, ९ र १० वडाहरुमा पनि कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्