२०८२ फाल्गुन ३०

निर्वाचित दुलालको धन्यवाद तथा मतदाता भेटघाट कार्यक्रम तालिका सार्वजनिक

चौतारा/ प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका युवराज दुलालसँग मतदाता तथा समर्थकबीच प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले धन्यवाद कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को बैठकले सो निर्णय गरेको हो।

मेलम्चीमा सम्पन्न बैठकले निर्वाचनमा सहयोग पुर्‍याएका मतदाताप्रति आभार व्यक्त गर्न र आगामी विकास योजनाबारे संवाद गर्ने लक्ष्यसहित विभिन्न स्थानीय तहमा धन्यवाद तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

निर्धारित तालिकाअनुसार कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकामा आयोजना गरिनेछ। साथै सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति (निर्वाचन क्षेत्र नं. २) अन्तर्गत पनि विशेष भेटघाट कार्यक्रम तय गरिएको छ।

कार्यक्रम तालिका अनुसार:

  • चौतारा साँगाचोकगढी नगरपालिका – चैत्र २ र ३ गते
  • इन्द्रावती गाउँपालिका – चैत्र ४ र ५ गते
  • सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति (क्षेत्र नं. २) – चैत्र ७ गते
  • मेलम्ची नगरपालिका – चैत्र ८ र ९ गते
  • पाँचपोखरी थाङपाल गाउँपालिका – चैत्र ११ र १२ गते
  • हेलम्बु गाउँपालिका – चैत्र १३ र १४ गते

पार्टीका अनुसार कार्यक्रममार्फत निर्वाचित सांसद दुलालले निर्वाचनमा प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै स्थानीय विकास आवश्यकता र आगामी योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।

नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ ले उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्