२०८२ फाल्गुन ११

चुरेटारवासीको माया : विकासवादी नेता भन्दै युवराज दुलाललाई दिए खाजा खर्च

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार युवराज दुलाललाई हेलम्बुवासीले आत्मीय साथ र समर्थन व्यक्त गरेका छन् । चुनावी घरदैलो अभियानका क्रममा हेलम्बु गाउँपालिका–२ चुरेटारका स्थानीयवासीले स्वस्फूर्त रूपमा रकम संकलन गरी दुलाललाई खाजा खर्च सहयोग गरेका हुन् ।
आज बिहान चुरेटारमा घरदैलो कार्यक्रमका क्रममा तीन जना स्थानीयले उम्मेदवार दुलाललाई खाजा तथा चिया खर्चस्वरूप करिब ६ हजार रकम प्रदान गरेका थिए ।
सहयोग हस्तान्तरण गर्दै भीमकुमारी ज्योतिले भनिन्, “विकासप्रेमी नेता युवराज दुलाल हाम्रो गाउँमा हिँड्दा खाजा र चिया खानका लागि खर्च दिएका हौं । उहाँले यसअघि आफू जितेको ठाउँमा धेरै विकास गर्नु भएको रहेछ । अब हाम्रो ठाउँमा पनि उहाँले जितेर विकास गर्नुहुन्छ भन्ने आशा छ ।”
उनले थपिन्, “चौतारा र इन्द्रावतीमा उहाँले विकासको बाकस खोल्नु भएको रहेछ। यसअघि हामीले धेरैलाई जितायौं तर कसैले केही गरेनन्। अब युवराज दुलालले जितेपछि हाम्रो ठाउँमा पनि विकासको बाकस आउँछ भन्नेमा ढुक्क छौं ।”
स्थानीयवासीको यस्तो आत्मीय साथले उम्मेदवार दुलालप्रति जनविश्वास बढ्दो देखिएको छ। चुनावी अभियानका क्रममा जनस्तरबाट प्राप्त यस किसिमको सहयोगलाई राजनीतिक वृत्तमा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्