बाँसखर्क गरिबि निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल –१ को छैठौं औं बार्षिक साधारणसभा सम्पन्न तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सन्चालक समिति चयन गरिएको छ ।
समितिको मनिष ग्राङदेन उपाध्यक्ष, प्रदीप दोङ सचिव ,आइति तामाङ कोषाध्यक्ष, सदस्यहरुमा शेरबहादुर ब्लोन, न्हेमा स्याङ्बो,न्हेमा थिङ, विद्या बि.क, सम्झना श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा २७ जना जेष्ठ नागरिकलाई हर्लिक्स वितरण गरिएको साथै २ जना असल बचतकर्ता २ जना असल कारोबारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक गणेश विकले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष आलोककुमार स्याङबोले यस वडाको समाजिक, राजनीतिक र स्थानीयको जीवनस्तर सुधार्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले सहकारीको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।कार्यक्रममा आर्थिक प्रतिबेदन सहकारीका व्यवस्थापक गणेश बिकले प्रस्तुत गरे । सहकारीमा ४ सय ५३ सदस्य रहेको बिकले बताए । कार्यक्रममा अन्य जनप्रतिनिधि ,बुद्धिजिवि लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा सप्पन्न भएको थियो । साथै आज भएको चिठ्ठा कार्यक्रममा पहिलो हुनेलाई मकै छोडाउने मेसिन,दोस्रो पुरस्कार २ सय लिटर थोपा सिंचाई सेट र तेस्रो पुरस्कार १६ लिटरको स्प्रे पुरस्कार समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्