२०८२ माघ ९

एमाले निकट अनेरास्ववियुका जिल्ला सचिव नेकपा प्रवेस

सिन्धुपाल्चोक । एमाले निकट अनेरास्ववियुका जिल्ला सचिव सुशील लोप्चन र गौतम थापा  नेपाली कम्युनिस्ट पार्टी  प्रवेस गरेका छन । उनलाई आइतबार एक कार्यक्रम विच नेपाली कम्युनिस्ट पार्टिका जिल्ला संयोजक गोबिन्द पराजुलीले स्वागत गरेका थिए ।
नेकपा प्रवेश गर्दै लोप्चनले  देश, जनता र परिवर्तनको पक्षमा उभिँदै पार्टीको नीति, विचार र कार्यक्रमअनुसार क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोप्चन गत स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु बाट चौतारा बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उमेदवार समेत रहनुभएको र उहाँ नेकपा एमाले बाट चौतारा साँगाचोक गढी नगरपालिकामा २०७९ सालमा सम्पन्न स्थानिय निर्वाचनमा वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर तामाङका छोरा समेत हुन् भने थापा अनेरास्ववियुको सक्रीय कार्यकर्ता थिए  ।

प्रतिक्रिया दिनुहोस्