२०८२ माघ ९

कठिन अवस्थामा पढिरहेका बालबालिकालाई ‘सहयोगी हातहरू’को साथ

सिन्धुपाल्चोक —सिन्धुपाल्चोकको जुगल गाउँपालिका अन्तर्गत रहेको क्याङसिङ आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सहयोगी हातहरू संस्थाले शैक्षिक तथा मानवीय सहयोग गरेको छन् । चौरिगोठमै बसेर अध्ययन गर्न बाध्य २२ जना बालबालिकाको शैक्षिक जीवनमा राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत बालबालिकालाई एक–एक वर्षसम्म प्रयोग गर्न पुग्ने स्टेशनरी सामग्री (कपी, पेन्सिल, कलर र जेमेटी बक्स), विद्यालय पोसाकका रूपमा ट्र्याकसुट र टोपी प्रदान गरिएको थियो । साथै बालबालिकाको मानसिक, शारीरिक तथा सिर्जनात्मक विकासलाई ध्यानमा राख्दै क्यारम बोर्ड, चेस, लुडो, ब्याडमिन्टन, टेबल टेनिस, डोरी, क्युब, पजल र फुटबललगायत विविध खेलकुद सामग्री पनि हस्तान्तरण गरिएको आयोजकले बताएको छ ।


यसैगरी विद्यालय आसपासका वृद्धवृद्धालाई लक्षित गर्दै न्यानो ज्याकेट पनि वितरण गरिएको थियो यसले संस्था समाज र समुदाय प्रति उत्तरदायी रहेको प्रष्ट गराउछ ।
सीमित साधनस्रोत र प्रतिकूल अवस्थाबीच पनि बालबालिकाको अनुहारमा देखिएको खुसी र आँखामा झल्किएको आशाले कार्यक्रमको मानवीय महत्व स्पष्ट बनाएको छ । सहयोगी हातहरू संस्थाले बालबालिकाको उज्यालो भविष्य निर्माणका लागि यस्ता अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्