२०८२ मंसिर ३

सिन्धुपाल्चोकका तीन समूह एकताबद्ध, परिवर्तित नामसहित नयाँ पार्टी कार्यालयको शुभारम्भ

सिन्धुपाल्चोक — केन्द्रीय तहमा भएको एकता प्रक्रिया औपचारिक बन्दै गएपछि सिन्धुपाल्चोकमा सक्रिय तीन मोर्चा एकै संरचनामा समायोजित भएका छन् । लामो समयदेखि सिन्धुपाल्चोकमा अलग–अलग रूपमा क्रियाशील रहेका तीन समूह—नेकपा माओवादी, समाजवादी तथा गोपाल किराँती नेतृत्वको समाजवादी मोर्चाले एकताबद्ध भएको घोषणा गरेका छन् । तीन समूहबीचको सहकार्य औपचारिक रूपमा अगाडि बढेसँगै नयाँ संरचनामा गठित नेपाली कम्युनिस्ट पार्टीले आफ्नो जिल्ला कार्यालय चौतारामा उद्घाटन गरेको हो ।

पहिले नेकपा माओवादीको कार्यालय रहेकाे चौतारास्थित सहिद स्मृति भवनलाई अब नयाँ पार्टी कार्यालयका रूपमा उद्घाटन गरिएको हो । नयाँ नाम, नयाँ संरचना तथा एकीकृत संगठनात्मक व्यवस्थासहित कार्यालय सञ्चालनमा आएपछि पार्टीका जिल्लास्थरीय गतिविधि थप प्रभावकारी हुने नेतृत्वले विश्वास व्यक्त गरेको छ ।


कार्यक्रममा कृष्णप्रसाद सापकोटा, भगवती नेपाल, सोम सापकोटा, युवराज दुलाल, माधव सापकोटा, सरल सहयात्री पौडेल लगायतका नेतहरूको उपस्थित रहेको थियो । नयाँ यात्रा केवल नाम परिवर्तन मात्र नभई संगठनात्मक दिशानिर्देशनका हिसाबले पनि महत्वपूर्ण मोड भएको वक्ताहरूले बताए । उनीहरूले एकताले जिल्लामा वाम राजनीति थप सबल हुने र जनतासँगको सम्बन्ध अझै घनिष्ट बन्ने विश्वास व्यक्त गरे ।

चौतारामा कार्यालय सञ्चालनमा आएपछि पार्टीले अब आफ्नो कामकाज एक स्थानमै समायोजन गर्दै संगठनलाई व्यवस्थित रूपमा अघि लैजाने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्