पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति अन्ततः प्राप्त भएको छ । निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाले लामो प्रतीक्षापछि दूरसञ्चार सेवाको पहुँच पाउने आशा गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक तीन वर्षको प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएकोमा असाध्यै हर्षित भएको बताए । तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उनले विश्वास ब्यक्त गरे ।
यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको लामाले बताए । उनले अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीका लागि जिल्ला प्रशासन कार्यालयलाई विशेष धन्यवाद ब्यक्त गरे । यस कदमले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन, आपतकालीन संचार सुविधा र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्