सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा भेटघाट गरेका छन् ।
जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सदैव जनसेवामा समर्पित रहनुपर्ने विश्वासका साथ जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले आपसी समन्वयका उद्देश्यले संयुक्त रूपमा भेटघाट गरेका हुन् ।
बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा जिल्लाको विकास, जनताको सेवा र साझा उद्देश्यका साथ अघि बढ्ने विषयमा विस्तृत छलफल गरिएको छ ।
भेटघाट कार्यक्रममा प्रदेश सांसदहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कुमारी तामाङ, अमृता नेपाल र माइली तामाङ सहभागी भएका थिए ।
भेटघाटमा सहभागी जनप्रतिनिधिहरूले आपसी सहकार्य र एकताको माध्यमबाट सिन्धुपाल्चोक जिल्लामा सकारात्मक परिवर्तन ल्याउन योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेटघाटले सिन्धुपाल्चोक जिल्लाको समृद्धि र परिवर्तनका लागि साझा सहकार्यको नयाँ चरण सुरु गरेको जनप्रतिनिधिहरूले विश्वास व्यक्त गरेका मन्त्री तामाङका स्वकीय सचिव सम्राट राउतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्