२०८२ कार्तिक १०

ललितपुरको किष्ट अस्पतालमा झडप

काठमाडौँ । बिरामीको मृत्युको विषयलाई लिएर ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो ।

उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने– ‘प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।’

 

-रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्