सिन्धुपाल्चोक | जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका जिल्लाका ६ जनालाई घाइते उपचार खर्च लिन आउन सूचना जारी गरेको छ । बुधबार सूचना जारी गर्दै प्रशासनले अशोक घोरासैनी, जय राम ढकाल, सोवित तामाङ, सन्तोष दुलाल, खुर्पा तेन्जिङ लामा र अभिषेक श्रेष्ठलाई २० हजार उपचार खर्च लिन आउन अनुरोध गरेको हो । घाइतेहरूले तीन पुस्ते विवरण, नागरिकता प्रमाणपत्र, उपचार गराएको अस्पतालको कागजातसहित छिटो प्रशासनमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्