सिन्धुपाल्चोक | जेनजी आन्दोलनका कारण स्थगित कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा आन्दोलनका कारण रोकिएको थियो । मंगलबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । साथै, एक विषयमा मात्र पूरक परीक्षा दिने विद्यार्थीका सबै परीक्षा पहिलो दिनमै हुनेछन् ।
दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि भने सानो कोड भएको विषय मंगलबार र ठूलो कोड भएको विषय बुधबार हुने परीक्षा तालिका तय गरिएको छ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा पूरक परीक्षा दिने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्