२०८२ मंसिर ४

जुगल गाउँपालिकाको निर्देशन : ‘देश जल्दा खुसी मान्ने कर्मचारी–शिक्षकले राजीनामा दिनुपर्छ

सिन्धुपाल्चोक । जेन–जेड आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति जलाउँदा खुशी व्यक्त गर्ने कर्मचारी र शिक्षकलाई जुगल गाउँपालिकाले राजीनामा दिन निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन जारी गरेका हुन् । उनले भनेका छन्, “देश जल्दै गर्दा खुसी मनाउने मानसिकता सरकारी सेवामा रहन योग्य छैन । भोलिदेखि त्यस्ता कर्मचारी र शिक्षकले कार्यालयमा उपस्थित नहुनुहोस् ।”

स्याङ्बोले आन्दोलन भ्रष्टाचार विरुद्ध भएको हुँदा यसको पक्षमा उभिनु स्वाभाविक भए पनि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता संरचना जलाउँदा खुसी मान्नु गैरजिम्मेवार चरित्र भएको उल्लेख गरेका छन् ।

गाउँपालिकाले सामाजिक सञ्जालमा कमेन्ट वा पोस्टमार्फत यस्तो धारणा सार्वजनिक गर्ने कर्मचारी–शिक्षकको विवरण संकलन भइसकेको र स्वेच्छाले राजीनामा नदिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्