२०८२ कार्तिक २

टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिन नि:शुल्क

नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ ।

यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको जानकारी दिए ।

यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्