२०८२ कार्तिक २

सिन्धुपाल्चोकमा अविरल वर्षाका कारण पहिरो, तीन घर उच्च जोखिममा

सिन्धुपाल्चोक  – शुक्रबार रातिदेखिको लगातारको वर्षापछि सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–२ बाहुन्नेबेसीमा पहिरो जाँदा तीन वटा घर उच्च जोखिममा परेका छन् ।

स्थानीय वर्ष ७९ की चेतकुमारी आचार्यको एकतले पक्की घरको छेउबाट गएको पहिरोका कारण नजिकै रहेका राजु आचार्य र गंगा आचार्यको घरसमेत जोखिममा परेको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी तीनै घरमा बसोबास गर्दै आएका १४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । चेतकुमारीको घरमा पाँच, राजुको घरमा चार र गंगाको घरमा पाँच जना गरी जम्मा १४ जना बस्दै आएका थिए ।

उनीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका–६ मा रहेको रेशमबहादुर आचार्यको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। रेशम, चेतकुमारीका छोरा हुन्। राजुको जस्तापाता छाएको दुईतले पक्की घर र गंगाको एकतले पक्की घर अहिले पनि पहिरोको प्रत्यक्ष जोखिममा रहेका छन् ।

पहिरो गएको इन्द्रावती गाउँपालिका–२ र स्थानान्तरण गरिएको चौतारा साँगाचोकगढी नगरपालिका–६ बीचको क्षेत्र बाहुन्नेबेसी सिमानामा पर्दछ। स्थानीय प्रशासनले अझै पनि क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्