२०८२ कार्तिक २

देशमा फेरि नयाँ खालको विद्रोह आवश्यक छ : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा पुनः नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूलाई सम्झिँदै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध लड्न देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूलाई एकजुट गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ विद्रोहको बाटो अपरिहार्य भएको बताएका हुन्। दाहालले भने, “हामी देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूलाई जोडेर प्रतिक्रियावादीहरूविरुद्ध प्रतिवाद गर्न प्रयासरत छौँ। म आफैं जनयुद्धको तयारी, संघर्ष, शान्ति प्रक्रिया र संविधानसभाको यात्रा पार गर्दै अहिलेको नेतृत्वसम्म आइपुगेको छु। त्यसैले फेरि पनि क्रान्तिको आवश्यकता महसुस भएको छ।” उनले आफू प्रधानमन्त्री हुँदा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई सार्वजनिक बिदा दिने निर्णय गरेको तर सो निर्णय अदालतबाट रोकिएको स्मरण गराए। अध्यक्ष दाहालको भनाइ अनुसार पार्टी अहिले पनि क्रान्तिको मार्गमा दृढतापूर्वक अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्