ललितपुर — साहित्य र पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउँदै आएका वरिष्ठ पत्रकार प्रवीण जोशी सम्मानित भएका छन्। सिद्धिश्वरमान अक्षयलोक साहित्यिक केन्द्रको आयोजनामा भएको एक विशेष समारोहमा उनलाई सम्मान गरिएको हो।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको पुस्तकालय हलमा सम्पन्न कार्यक्रममा साहित्य, समाजसेवा, स्वास्थ्य, संगीत र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका १८ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
श्रृङ्खला साहित्यिक मासिक र स्टार एक्सप्रेस साप्ताहिकका सम्पादकसमेत रहेका जोशीलाई पत्रकारिता र साहित्यमा चार दशकभन्दा बढीको समर्पणका लागि सम्मान गरिएको हो।
सम्मान तथा पुरस्कार प्रापक
सिद्धिश्वरमान उत्कृस्ट सूचना तथा साहित्य साधक सम्मान प्रवीण जोशी,
सिद्धिश्वरमान मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार
लालबहादुर भुजेल,
सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा. डा. भानु चन्द्र बज्राचार्य,
सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार रोजर द ग्रुप, बेल्जियम,
सिद्धिश्वरमान विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार निष्ठा कायस्थ – दिदीबहिनी क्रियसन्स,
सिद्धिश्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान स्व. विनय कसजु,
सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान प्रा. डा. हृदयरत्न बज्राचार्य,
सिद्धिश्वरमान उत्कृष्ट संगीत साधक सम्मान राजु सिंह,
सिद्धिश्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान प्रा. उपेन्द्र बहादुर कार्की,
सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान डा. भगवान कोइराला,
सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान राम विनय,
सिद्धिश्वरमान उत्कृष्ट साहित्य रत्न सम्मान हिरण्यकुमारी पाठक,
सिद्धिश्वरमान उत्कृष्ट साहित्य साधक सम्मान लक्ष्मी माली तथा स्नेह सायमी,
सिद्धिश्वरमान नेपाल भाषाको संझ्या सम्मान रेवती राजभण्डारी!
सिद्धिश्वरमान नेपाल भाषाको सँझ्या सम्मान नरेन्द्र बहादुर श्रेष्ठ,
सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान साहित्यिक पत्रकार संघ, काठमाडौं,
सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान भिम विराग संगीत, साहित्य कला प्रतिष्ठान, हेटौंडा,
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै सिर्जनशील र सेवामूलक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्