काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट विजयी भएका राजकुमार श्रेष्ठ पुनः माओवादी केन्द्रमा सक्रिय भएका छन्।
नेकपा विभाजनपछि केही समय राजनीतिक गतिविधिबाट टाढा रहेका श्रेष्ठलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः सक्रिय जिम्मेवारी दिएका हुन्। श्रेष्ठले २०६४ सालमा तत्कालीन माओवादी पार्टीबाट उम्मेदवारी दिई संविधानसभा सदस्यको रुपमा निर्वाचित भएका थिए।
प्रचण्ड सचिवालयका अनुसार आइतबार अध्यक्ष प्रचण्डले औपचारिक रूपमा पार्टीभित्रको जिम्मेवारी दिँदै श्रेष्ठलाई पुनः सक्रिय तुल्याएका हुन्। श्रेष्ठको पुनर्सक्रियताले माओवादी केन्द्रको संगठन विस्तार र सिन्धुपाल्चोक क्षेत्रको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्