ऋषिराम पौडेल
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा सर नमस्कार, तपाईलाई म पञ्चायतकालदेखि नै राम्ररी चिन्छु । सरकारी सेवामा लामो समय बिताएर विशेषतः शिक्षा क्षेत्रको विज्ञ बन्नुभएको छ । म सरको विज्ञताको प्रशंसा पनि गर्छु । आज विहान तपाईले एसईई परीक्षाको नतिजा सम्बन्धी रेडियो अन्तर्वार्ताका क्रममा दिनुभएको जवाफ सुनेर मलाई एक प्रकारले चिन्तित पनि बनायो । हाम्रो वौैद्धिकता र क्षमतालाई पदले कसरी मार्दोरहेछ भन्ने लाग्यो । पदमा रहिरहन मान्छेलाई चाकडीको कुन हदसम्म पुर्याउ“दोरहेछ भन्ने पनि लाग्यो । प्रसंग के हो भने रेडियोको प्रश्न थियो, यो शैक्षिक सत्रमा एसईईको नितिजा राम्रो देखियो, कसरी सुधार भयो ? महाश्रम सरको पहिलो जवाफ थियो, ‘प्रधानमन्त्रीज्युले एसईईको उतीर्ण नतिजा ७० प्रतिशत पुर्याउनुपर्छ भन्ने निर्देशन दिनुभएको थियो । त्यसले सुधारमा सहयोग पुग्यो ।’ महाश्रम सर, के अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले शैक्षिक सुधारका लागि निर्देशन नदिएकै कारण एसईईमा सुधार हुन नसकेको रहेछ हो ? प्रधानमन्त्रीले सुधारगर्नुभनेपछि रातारात शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति सुधारिएका हुन् ? प्रधानमन्त्रीको निर्देशन दिएपछि विद्यार्थीको पढ्ने जांगर वृद्धि भएकोे हो ? शिक्षकमा विषयबस्तुको ज्ञान बढेको हो ? अभिभावकले पनि छोराछोरीको हेरचाहमा बढी समय दिएको हो ? स्कुल नआउने विद्यार्थी पनि आउन थालेको हो ? एक घण्टा पढ्ने विद्यार्थीले ५ घण्टा पढ्न थालेका थिए हो ? निर्देशन अघि शिक्षकले जांगर लगाएर नपढाएको तर निर्देशनपछि मज्जले पढाएको हो ? सरको तर्कले त त्यही बुझिन्छ । त्यस्तो हो भने प्रधानमन्त्रीबाट दिनको एउटा निर्देशन दिन लगाएउ“दा आगामी शैक्षिक सत्रको नजिता ९० प्रतिशत पुग्थ्यो कि ? निर्देशन दिएकै भरमा मात्रै एकै वर्षमा सईईको नजितामा यस्तो सुधार आएको भन्नु तपाईको अनुभव र पदले सुहाउला ? तपाईले नबुझेको भन्ने हैसियत त मेरो छैन तर प्रधानमन्त्रीकै बोलीमा लोली मिलाएर वौद्धिकतालाई नै बन्धक बनाउनुपर्ने थियो र ?
प्रतिक्रिया दिनुहोस्