२०८२ भाद्र ११

थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता, सिन्धुपाल्चोकका अन्जन पुरीले गर्नेछन् प्रतिनिधित्व

रितिक परियार, काठमाडौं –
थाइल्याण्डको राजधानी बैंककमा हुन गइरहेको थाइल्याण्ड ओपन कराते च्याम्पियनसिप मा नेपालले आफ्नो सहभागिता जनाउने भएको छ। अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा १५ देशका ७५ टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।

नेपालबाट सहभागी हुन लागेका सम्पूर्ण कराते टोलीलाई खेलप्रेमी, सरोकारवाला र शुभेच्छुकहरूले अग्रिम शुभकामना व्यक्त गरेका छन्। सो प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित ठुलोसिरुवारी डोजोका सिनियर खेलाडी अन्जन पुरीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

लामो समयदेखि कराते क्षेत्रमा सक्रिय अन्जन पुरीले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफनो प्रतिभा प्रस्तुत गरिसकेका छन्। उनको यस सहभागिताले सिन्धुपाल्चोकको खेलकुद क्षेत्रको प्रतिष्ठा अझ उचो बनाउने अपेक्षा गरिएको छ।

स्थानीय डोजो, प्रशिक्षक, खेलाडी र समुदायबाट अन्जन पुरीलाई विशेष सफलता र विजयको शुभकामना दिइएको छ। नेपाल कराते टोलीले यस प्रतियोगिताबाट अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्दै राष्ट्रको नाम उज्वल बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्