२०८४ को निर्वाचन नजिकिँदै गर्दा विगतका दिनहरूमा हुने मत बदरको समस्यलाई मध्यनजर गर्दै विभिन्न विद्यालयहरूमा नमुना निर्वाचन कार्यक्रमहरू बाट विद्यार्थीहरू माझ मत हाल्ने सहि प्रक्रिया र विधि बारे चेतना फैलाउने काम भइरहेको छ। यसै क्रममा बुधबार श्री सेतीदेवी माध्यमिक विद्यालयमा विद्यालय र सदन नेतृत्व निर्वाचन २०८२ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मतदानको व्यावहारिक ज्ञान विद्यार्थी बिच प्रवाह गर्ने कार्य भएको छ।
सहि नेतृत्व छनोट र गणतन्त्रको सहि प्रयोगको लागि भावी पुस्तालाई मार्गनिर्देश गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहने विश्वास विद्यालयले जनाएको छ। कार्यक्रमको प्रारम्भ विद्यालयका प्रधानाध्यापक सविन दंगालले मतदान प्रक्रिया विद्यार्थीहरूलाई देखाउदै र सिकाउदै गरेका थिए।
विद्यालय तह बाट नै जिम्मेवार नागरिकको भुमिका बारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्दा भविष्यमा लोकतन्त्र र गणतन्त्रको निति समेत थप सुदृढ र व्यवस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा मतदान प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न निर्वाचन अधिकृत समेत तोकिएको थियो। विद्यार्थीहरूले पनि अनुशासित ढंगले निर्वाचन प्रणालीमा सहभागी भई भविष्यमा जिम्मेवार नागरिकको रूपमा आफुलाई उभ्याउन तयार रहेको संकेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्