गृहिणी महिलाहरूको सशक्तीकरणको उद्देश राख्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र चोैतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा महिलाहरूलाई सहभागी गराई ५ दिने होमस्टे व्यवस्थापन तथा सञ्चालन सम्बन्धि तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। छिगुझिगु चोैतारा सामुदायिक होमस्टे व्यवस्थापन तथा सञ्चालन समितिको द्वारा आयोजित यो तालिम २०८२ वैशाख ७ देखि ११ गते सम्म होमस्टे सम्बन्धि विभिन्न जानकारी तथा व्यवस्थापनको तरिकाहरू बारे ज्ञान आदानप्रदान गर्दै सञ्चालन हुने छ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि चोैतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले पानसमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निमार्ण र व्यवस्थापनमा विशेष ध्यान दिदै आएको कुरा बताए ।
तालिमका सहभागीहरूले स्वदेशी तथा विदेशी पाहुनालाई आकर्षित गर्नका लागि होमस्टे सेवा सुधार, आतिथ्य सत्कार, सरसफाइ, खाना पकाउने तरिका लगायतका विषयमा प्रशिक्षण प्राप्त गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्