२०८२ बैशाख १८
                           

लक्की चौधरीको नेतृत्वमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको नयाँ कार्यसमिति

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ महाधिवेशनबाट अध्यक्षमा लक्की चौधरी सर्वसम्मत चयन भएको छ ।

लुम्बिनीमा सम्पन्न भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष (खुल्ला) विश्वराज तामाङ, उपाध्यक्ष (महिला) अञ्जना शिल्पकार, उपाध्यक्ष (संस्थागत) अर्जुन जम्नेली राई, उपाध्यक्ष अल्पसंख्यक यमन राईडोने, महासचिव समीर बलामी निर्वाचित भएको छ ।

त्यसैगरी खुल्ला सचिवहरुमा मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी आस्था मगर भएको छ । संस्थागत सचिव सुनिल महर्जन, सचिव (महिला) माला पालुङवा लिम्बु, सचिव (महिला) मिला दराई, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, सह–कोषाध्यक्ष अश्मी स्याङतान (कमला) निर्वाचित भएको हो ।

फोनिजको  प्रदेश १ को इन्चार्ज राजेन्द्र दुष्ट, मधेश प्रदेशमा इन्चार्ज शंकरलाल श्रेष्ठ, बागमती इन्चार्जमा सुरेन्द्रभक्त श्रेष्ठ, गण्डकी इन्चार्जमा रुद्र श्रीस, लुम्बिनी इन्चार्जमा गजेन्द्र गुरुङ, कर्णाली इन्चार्जमा रत्न सुनुवार, सुदुरपश्चिम इन्चार्ज रामलखन चौधरी चयन भएको छ ।

सदस्यहरुमा अतित योङहाङ, प्रदिपकुमार चौधरी, प्रज्वल श्रेष्ठ, प्रविण श्रेष्ठ, अमिर लामा चयन भएको छ ।

संस्थागत सदस्यहरु प्रदिपकुमार लेखी, साहिला तामाङ, दानबहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य, महिला सदस्यहरुमा विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भुमिका फियाक लिम्बु र रिया आले निर्वाचित भएको छ ।

अल्पसंख्यक सदस्यहरुमा संगीता चेपाङ र प्रितम भूजेल, विदेश सदस्य विनोद श्रेष्ठ, लेखा समिति संयोजकमा गजेन्द्र राई र सदस्यमा प्रविणकुमार गाहा निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस्