२०८२ बैशाख १८
                           

आम शैक्षिक हड्तालले विद्यार्थीको पठनपाठन ठप्प, भविष्यप्रति चिन्ता

शैक्षिक क्षेत्रको विभिन्न माग सम्बोधन नभएको भन्दै जारी आम शैक्षिक हड्तालले देशभरका विद्यालय तथा शिक्षण संस्थाहरू प्रभावित बनेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रका विद्यालयहरूमा समेत हड्तालको प्रभाव स्पष्ट देखिएको छ। विद्यालयको ढोकामा टाँसिएको सुचनामा ‘सबै किसिमका सेवाहरू बन्द रहेको’ उल्लेख छ।

यस हड्तालका कारण विद्यार्थीहरू अत्यन्तै समस्यामा परेका छन्। नियमित कक्षा बन्द हुँदा कक्षा ११, १२ परीक्षा तयारीमा रहेका विद्यार्थीहरू चिन्तित छन् भने कक्षा १० को एस.इ.इ परिक्षाको नतिजा समेत ढिला हुन सक्ने सम्भावना देखिएको छ।

विद्यार्थीहरू भन्छन् हामीलाई कुनै सुचना थिएन आज बिहान विद्यालय आउदा गेटमा सुचना टासिंएको थियो र विद्यालय खालि थियो।

त्यसैगरी श्री सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सविन दंगालले विगतमा भएको सम्झौता अनुसार समग्र शैक्षिक क्षेत्रको विकासका लागि अग्रगामी शिक्षा ऐन शिक्षकहरूको हातमा नपरे सम्म आन्दोलन जारी रहने सम्पूर्ण शिक्षकहरूको तर्फबाट स्पष्ट गराएका छन्। साथै, विद्यार्थीहरूले भोग्नु परेको असुविधा र शैक्षिक क्षेत्रमा भएको क्षतिको पूर्ति आन्दोलनपछि गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्