२०८२ बैशाख १९
                           

सिन्धुपाल्चोकको ५० बढी सामुदायिक वनमा अग्निरेखा,डडेलो नियन्त्रणमा सहज

सिन्धुपाल्चोक ।   सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई डढेलो रोक्ने घटना अभ्यास र लाग्न नदिन अपनाउनुपर्ने विधि, पूर्व सूचनाबारे हरित स्वयंसेवक र सव–डिभिजन वन कार्यालयहरुले वन क्षेत्रमानै पुगेर प्रशिक्षण दिने क्रम जारी छ ।

सिन्धुपाल्चोकको ५० बढी सामुदायिक वनले अग्निरेखा निर्माण गरेका छन् । डिभिजन वन कार्यालय सँगको समन्वय तथा स्थानीयको श्रमदानमा हरेक सामुदायिक वनमा कम्तीमा २ किलोमिटर क्षेत्र सम्म कम्तीमा ४ मिटर सम्मको चौडाई राखेर अग्नी रेखा बनेका छन् । अग्नी रेखाले वनमा आगो लागि हाले पनि आगो नियन्त्रण गर्न सजिलो हुने उपभोक्ताको भनाई छ ।

स्थानीयले अग्निरेखा निर्माण र डढेलोमा अत्यावश्यक सामान तथा उपकरण संगै डढेलो निभाउने सिप जान्न पाएका छन् ।  अभियानमा स्थानीयलाई साथ दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सहभागी भईरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिलेसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसखु गाउँपालिका गरी एक दर्जन वनक्षेत्रका ८२ हेक्टरभन्दा बढी वन डढेलोले नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभएको र हाल सबै वनमा आगो नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्